काठमाडौं– टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टिभिएस स्मार्टएक्सोनेक्ट कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोड छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।
यो भन्दाअगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्टएक्सोनेक्ट कनेक्टिभिटी प्ल्याटफर्म सहितको लन्चसँगै स्कुटर उद्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडीलगायत अन्य थुप्रै कनेक्टिभिटी फङ्सनहरु समावेश गरिएको छ ।
१२५ सिसी सेग्मेन्टमा १० पिएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यस लाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो रहेको कम्पनीको दाबी छ ।
यसको नयाँ विशेषता भनेको यसमा भएको ब्लुटुथ इनेबल्ड टिभिएस स्मार्टएक्सओनेक्ट हो जसलाई टिभिएस कनेक्ट मोबाइल एपमार्फत कनेक्ट गर्न सकिन्छ । यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टाछुट्टै भोइस कमान्डहरु लिन्छ । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइसमार्फत आवाजकै भरमा विभिन्न सेटिङहरु कन्ट्रोल गर्न सक्नेछन् ।









