काठमाडौं– काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दसैं तिहारलक्षित उपहार योजना सुरु गरेको छ । यामाहा फ्यान्टास्टिक दसैं तिहार, हरेक हप्ता उपहारै उपहार योजनाबाट ग्राहकले विभिन्न आकर्षक उपहार पाउने मलले जनाएको छ ।

चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउन उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।

उपहार योजनामा सहभागी हुन ग्राहकले बिजी मलमा रहेका कुनै पसल वा बसिल क्याफेमा कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा साप्ताहिक तथा बम्पर उपहारको घोषणा प्रदान गरिने गिरीले जानकारी दिए ।

बम्पर उपहारमा गोलाप्रथाबाट एकजनालाई यामाहाको १२५ सिसीको रेजर स्कुटर प्रदान गरिने मेला संयोजक हिरामणि तिमिल्सिनाले जानकारी दिए । यस्तै साप्ताहिक उपहारमा डिटिएच होम एप्लायन्सका वासिङ मेसिन, ग्यास एन्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइसकुकर लगायतका सामान उपहारको रुपमा पाउन सक्नेछन् ।

असोज ६ गतेदेखि सुरु भएको यमाहा फ्यान्टास्टिक दसैं तिहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, शृंगार तथा सौन्दर्य सामाग्री, रेस्टुरेन्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउन्जलगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय