काठमाडौैं– मेन्छियाम हाइड्रोपावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरका सेयर सर्वसाधारणको लागि निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको छ ।

निष्कासन गर्न लागेको रकममध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि र १० करोड ८५ लाख १६ हजार ७ सय रुपैयाँ बराबरको सेयर सामूहिक लगानी कोष सहित सर्वसाधारणको लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

यो कम्पनीले संखुवासभा जिल्लामा रहेको माथिल्लो पिलुवा खोलाबाट ४.७२ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीको हाल जारी पूँजी ३७ करोड ९८ लाख ८ हजार तीन सय रुपैयाँ रहेको छ ।

सार्वजनिक निष्कासनपश्चात कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० सय कायम हुनेछ । निर्माणाधीन माथिल्लो पिलुवा खोला–२ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय