काठमाडौं– लघुबिमा कम्पनी सञ्चालनको लागि अनुमति माग्दै बिमा समितिमा ३१ वटा आवेदन परेको छ । आवेदनका लागि तोकिएको समय बिहीबार मध्याह्न १२ बजेसम्ममा ३१ कम्पनीबाट आवेदन परेको समितिले जानकारी दिएको छ । तीनवटा जीवन र चारवटा निर्जीवन गरी कुल ७ वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने बिमा समितिको तयारी छ ।

समितिका अनुसार देहायका कम्पनीबाट अनुमतिपत्रका लागि आवेदन परेको छः
१. नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स
२. स्वदेशी लघु जीवन बिमा
३. जानकी जीवन लघु बिमा
४. नेपाल माइक्रो इन्स्योरेन्स
५. गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स
६. कर्णाली माइक्रो इन्स्योरेन्स
७. एभरेस्ट माइक्रो इन्स्योरेन्स,
८. एक्सप्रेस माइक्रो इन्स्योरेन्स
९. ट्रस्ट माइक्रो इन्स्योरेन्स
१०. माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स
११. अल्फा माइक्रो इन्स्योरेन्स
१२. उन्नति माइक्रो लाइफ इन्स्योरेन्स
१३. उन्नति माइक्रो जनरल इन्स्योरेन्स
१४. लुम्बिनी लघु जीवन बिमा
१५. मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स
१६. मुक्तिनाथ माइक्रोलाइफ इन्स्योन्स
१७. गरिमा माइक्रो इन्स्योरेन्स
१८. सिजी लाइफ इन्स्योरेन्स
१९. सिजी इन्स्योर
२०. सिजी इन्स्योरेन्स माईक्रो इन्स्योरेन्स
२१. गण्डकी माइक्रो इन्स्योरेन्स
२२. स्टार माइक्रो इन्स्योरेन्स
२३. प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
२४ क्वेस्ट माइक्रो इन्स्योरेन्स
२५. लिबर्टी माइक्रो इन्स्योरेन्स
२६. श्री शक्ति लघु जीवन बिमा
२७. कोयर माइक्रो जनरल
२८. अभियान लघुबिमा
२९. हिम शिखर जीवन लघुबिमा
३०. सुरक्षा लघु बिमा
३१. स्वर्गद्वारी लघु जीवन बिमा

समितिको साउन ३१ गते बसेको सञ्चालक समिति बैठकले लघु बिमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेसँगै समितिलाई लघु बिमा व्यवसाय गर्ने कम्पनीलाई लाइसेन्स दिने बाटो खुलेको थियो । सोहीअनुसार समितिले आवेदन आह्वान गरेको हो ।

बिमा समितिको निर्देशिका अनुसार लघुबिमा कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुनु पर्नेछ । चुक्ता पुँजी समितिले तोकेबमोजिम हुने उल्लेख छ । संस्थापकले कम्तीमा ५१ प्रतिशत सेयर धारण गर्नुपर्ने उल्लेख छ । ३० प्रतिशत शेयर आइपिओमार्फत सर्वसाधारणलाई निष्कासन गर्नु पर्नेछ । ५ प्रतिशत सेयर कर्मचारीलाई दिन सकिनेछ ।

लघुबिमाको चुक्ता पुँजी कम्तीमा ७५ करोड रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय