काठमाडौं– कुमारी बैंक लिमिटेडले यस पालि सेयरधनीलाई नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत असारसम्मको वितरणयोग्य मुनाफाबाट १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लैजाने निर्णय गरेको बैंकले जनाएको छ ।

उक्त नगद लाभांश करसहितको हो । नेपाल क्रेडिट एन्ड कमर्स बैंकसँग गाभिन लागेको कुमारी बैंकको हालको चुक्ता पुँजी १४ खर्ब ७१ करोड ११ लाख ८३ हजार ३१६ रुपैयाँ बराबर छ ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको नगद लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीको बैंक खातामा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय