मकवानपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
चितवनको नारायणगढबाट वीरगन्ज गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन् ।
दुर्घटनास्थलमा १० तथा दुई जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान गरिरहेको छ । मृतकको सनाखत हुन बाँकी छ ।









