सिमरा– जितपुरसिमरा उपमहानगरपालिका, वडा नम्बर २२ मा बिहीबार भएको यात्रु बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।
ज्यान गुमाउनेमा १० पुरुष र ६ महिला छन् ।

चितवनको नारायणगढबाट वीरगन्ज गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

गम्भीर घाइते तीनजनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ । घाइते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

तीव्र गतिमा रहेको उक्त बस बिहान ११ बजेतिर खोलामा खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय