काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।
राष्ट्रपति भण्डारीलाई रुघा खोकी र ज्वरोको समस्या देखिएको हो ।

अस्पताल स्रोतका अनुसार अहिले राष्ट्रपतिको रगत परीक्षणको काम भइरहेको छ । रिपोर्ट आएपछि समस्या पत्ता लाग्ने अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय