काठमाडौं– बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।

जोशीको ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचार भइरहेको थियो । अस्पतालले उनको निधन भएको जानकारी दिएको छ ।
जोशीमा पिसाब संक्रमण, मुटु र प्रोस्टेटको समस्या थियो ।

असोज ७ गते किस्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना भएका जोशीमा डेंगु संक्रमण देखिएको थियो । असोज २३ गते उनको छातिमा संक्रमण पनि देखिएको थियो ।

पुरानो रोगले ग्रस्त बनाएका कारण कुनै पनि औषधीले काम नगरेको अस्पतालले जनाएको छ । जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको उनको उपचारमा संलग्न डा सुरज बज्राचार्यले जानकारी दिएका छन् ।

अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । कलेजले जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय