काठमाडौं– नेपाल क्रेटिड एन्ड कमर्स (एनसिसी) बैंकले आव २०७८–७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ३ दशमलव ३६६३ प्रतिशत बोनस सेयर र ७ दशमलव ६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आव २०७७–७८ सम्मको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण कर प्रयोजनको लागि वितरण गरेको थियो । हाल मर्जर प्रयोजनको लागि बैंकको सेयर कारोबार रोक्का छ ।
कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै सेयर कारोबार रोक्का भएको हो ।









