काठमाडौं– २८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले विशेष (महा बचत) खाता खोल्ने ग्राहकको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कात्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकले लकर सेवाको वार्षिक शुल्क (पहिलो वर्ष)मा शतप्रतिशत छुट प्रप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका दरबारमार्ग, पुतलीसडक, न्युरोड (काठमाडौं), भैरहवा र न्युरोड (पोखरा) शाखा कार्यालयमा लकरको सुविधा छ । हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।

यस योजनाअन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथै बचत खातामध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैंकिङ लगायतका अन्य सुविधा रहेका छन् ।

विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहेको दाबी गरेको महालक्ष्मीले आम ग्राहकको बैंकिङ आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय