काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ६ सयले घटेर ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार १७० कायम रहेको महासंघले जनाएको छ ।









