काठमाडौं– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार यस अवधिमा निर्वाचन प्रचारप्रसारका जुलुस, आमसभा, कोणसभा जस्ता कार्यक्रम गर्न पाइनेछ ।

आयोगले जारी गरेको विज्ञप्तिमा निर्वाचन आचार संहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

दफा १३ को (म)मा उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचार प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा कात्तिक १७ देखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचार प्रसारसमेत गर्न सकिने उल्लेख छ ।

जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा उल्लेखित व्यवस्था रहेको पनि आयोगले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय