काठमाडौं– जाल्पा लघुवित्तले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ७३ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । बोनस सेयरको कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने कम्पनीले निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले प्रतिफल वितरणको निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश वितरण हुनेछ ।
हाल यो कम्पनीको चुक्ता पूँजी १६ करोड रुपैयाँ रहेको छ । ७३ प्रतिशतका दरले ११ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी २७ करोड ६८ लाख रुपैयाँ पुग्ने बताइएको छ ।









