काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला ९३ हजार १०० मा कारोबार भएको सुनको भाउ आज प्रतितोला १४०० बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५० रुपैयाँले बढेर १२७५ तोकिएको महासंघले जानकारी दिएको छ । महासंघले हरेक दिन अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा स्थानीय बजारको लागि सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय