काठमाडौं– नेपाली बजारमा सुनचाँदीको भाउ एकै दिन १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि अघिल्लो दिनको तुलनामा १३ सय रुपैयाँ बढाएर सुनको मूल्य तोकेको छ ।

महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ तोकेको छ । तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ९०० रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर १ हजार २९५ पुगेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय