काठमाडौं– निर्जीवन बिमा कम्पनी युनाइटेड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । शुक्रबार सम्पन्न कम्पनी सञ्चालक समितिले गत असारसम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोन सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुाजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ छ ।

बिमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित बोनस सेयर पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय