काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले रेस्टुरेन्ट, आयुर्वेद, शृंगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न संस्थासँग सम्झौता गरेको छ ।

सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकका ग्राहकले द हिमालयन ग्रिल बाइ बाजेको सम्पूर्ण सेवामा १५ प्रतिशत, कुण्डलिनी आयुर्वेदका सेवामा अधिकतम २० प्रतिशत, सुबाकी ब्युटी सैलुन एनड इन्टरप्राइजेज प्रालिका सेवामा १० प्रतिशत ओपुलेन्स एस्थेटिकस प्रालिका सेवामा १० प्रतिशत र क्रिस्टल डाइगोस्टिक प्रालिका सेवामा अधिकतम २५ प्रतिशत छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय