काठमाडौं– सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार प्रतितोला ९७ हजार २०० सयमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला ९८ हजार २०० तोकेको हो ।

महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ तोकेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले बढेर १ हजार तीन सय २५ पुगेको महासंघले जनाएको छ । महासंघले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय