काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको हो ।

२०७९ असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ छ । यसको ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।

बैंकले ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय