काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को अन्तिमसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कात्तिक २९ गते मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

हाल मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ लाख ४ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १६ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय