काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला ९८ हजार तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार नौ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटाएर एक हजार दुई सय ८५ तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय