काठमाडौं– प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८–७९ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको मंसिर १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नगद लाभांश बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि पछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय