काठमाडौं– आइएमई पेले आसन्न आम निर्वाचनको अवसरमा हवाई यात्रा अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार आइएमई पे एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एकजना भाग्यशाली विजेताले एक रुपैयाँमा टिकट प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नुपर्ने हुन्छ ।

यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले एक रुपैयाँ बाहेकको पूर्ण मूल्य क्यासब्याक स्वरूप कम्पनीले प्रस्ट पारेको छ ।

आम निर्वाचनमा मतदातालाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ यस्तो अफर ल्याएको कम्पनीको भनाइ छ । यो अफर मंसिर ९ गतेसम्म कायम रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय