ललितपुर– ललितपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा १० हजार मतगणना हुँदासम्म नेकपा एमाले अगाडि छ । यस क्षेत्रमा १० हजार ८८ मतगणना हुँदा एमालेका प्रेमबहादुर महर्जनले २ हजार नौ सय ८० मत पाएका छन् । उनलाई हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको २ हजार ४ सय ९७ मत भएको छ ।

यस क्षेत्रमा तेस्रो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । यस पार्टीका बुद्धरत्न महर्जनले १ हजार ४ सय ९० भोट ल्याएका छन् ।

सत्तारुढ गठबन्धन समर्थित नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णलाल महर्जनले १ हजार ४ सय ७७ मत ल्याएका छन् । त्यसैगरी राप्रपाका रघुवर थापाले १ हजार ४ सय २६ मत पाएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय