ललितपुर– प्रतिनिधिसभा सदस्यतर्फ ललितपुरको तीनवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले अगाडि देखिएको छ ।

ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवाल अगाडि छन् । उनले ६६७ मत पाउँदा नेपाली कांग्रेसका उदयशमशेर जबराले ४०१ र राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले ९३ मत पाएका छन् ।

ललितपुर–२ मा एमालेकै प्रेमबहादुर महर्जन अगाडि छन् । महर्जनले १,३१७ मत पाएका छन् । उनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यले १०९७ मत पाएका छन् । राप्रपाका बुद्धरत्न महर्जनले ७९० मत पाएका छन् ।

ललितपुर–३ मा पनि एमाले नै अगाडि छ । अहिलेसम्म एमालेका अमृत खड्काले ७५७ मत ल्याएका छन् । दास्रो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की छन् । सत्ता गठबन्धनको समर्थन पाएकी एकीकृत माओवादी उम्मेदवार पम्फा भुसालले १०९ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय