काठमाडौं– बाजुरामा एमाले निकट विद्यार्थी संगठनका नेता चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट निधन भएको छ । कांग्रेस कार्यकर्ताले आइतबार राति उनलाई त्रिवेणी नगरपालिका–८ स्थित घरैमा गएर मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

दिउँसो मतदानका क्रममा भएको विवादलाई लिएर उनीमाथि राति आक्रमण गरिएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिए । थापाका अनुसार कुटपिटबाट गम्भीर घाइते एडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको हो ।

डीएसपी थापाका अनुसार वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको हो ।
अयडी नेकपा (एमाले)को भ्राते संगठन अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् । उनी बाजुरा क्याम्पसका स्ववियु सभापतिसमेत हुन् ।

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र एयडीको मृत्यु भएको थियो । सुरेन्द्र नेपाली कांग्रेस निकट हुन् ।
त्यहाँको स्थिति अहिले पनि डरलाग्दो रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय