
मुस्ताङ– मुस्ताङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका युवा उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । योगेश पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् ।
नेविसंघबाट राजनीति गरेका २९ वर्षका अविवाहित योगेश पछिल्लो समय पार्टी राजनीतिमा सक्रिय थिए । उनलाई उनका बुबा रोमीले आफूले पाएको टिकट दिएका थिए ।
योगेश ३९९२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३०७८ मत पाएका छन् ।
बिजनेस म्यानेजमेन्टमा स्नातक योगेश पर्यटन व्यवसायी हुन् । गौचनको जितसँगै प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले खाता खोलेको छ ।