
चितवन– जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा छन् । उनले ६ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले ४ हजार ५ सय २३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा १ लाख ३९ हजार ८ सय ४५ मतदाता रहेकामा ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।
यस्तै क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोख्रेल अगाडि छन् । ९ हजार ५ सय ८० मत गणना हुँदा उनले ३ हजार ३ सय ३९ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार ८ सय ५६ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २ हजार ७ सय ९२ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा १ लाख २४ हजार दुई सय १४ मतदाता रहेकामा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ ।
क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम गरेका छन् । उनले ३ हजार ६ सय २३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका डा भोजराज अधिकारीले ३ हजार २ सय ८२ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराललाई ३ हजार २ सय ७४ मत प्राप्त भएको छ । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ७ सय ६६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा हालसम्म १३ हजार ८ सय ८२ मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नं ३ मा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए । यस क्षेत्रमा १ लाख ४४ हजार २ सय ८३ मतदाता छन् ।