काठमाडौं– आइएमई पे र मेरो किरानाबीच छुटसम्बन्धी सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकले मेरो किरानाको वेबसाइट वा एपबाट किराना सामान खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट (एकपटकमा अधिक्तम ३०० सम्म) प्राप्त गर्न सक्ने बताइएको छ ।

यद्यपि, ग्राहकले महाबचत सेल विकमा मात्र नभई कुल ६०० सम्म छुट पाउन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । आ–आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौतापश्चात सर्वसाधारणलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय