काठमाडौं– झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

अध्यक्ष लिङ्देन ४० हजार ६ सय ६२ मतका साथ निर्वाचित भएको झापा क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार तीन सय ८६ मत प्राप्त गरेका थिए ।

झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रोपटक निर्वाचित भएका हुन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा भएको र लिङ्देन विजयी भएका थिए ।

झापा क्षेत्र नं ३ मा १ लाख ३१ हजार ४ सय ३२ मतदाता रहेकामा ६८ दशमलव दुई प्रतिशत अर्थात् ८९ हजार ६ सय ३७ मत खसेको थियो । झापा क्षेत्र नं ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र प्रदेशसभा (२)मा नेकपा (एमाले)का छविलाल चुडाल प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय