काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल ९६ लाख २ हजार २७६ मतगणना भएको छ ।

मंगलबार बिहान १०.३० बजेसम्मको गणनाअनुसार नेकपा(एमाले)ले २५ लाख ९३ हजार ४६६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २४ लाख ५७ हजार ३०३ मत प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले ११ लाख ४ हजार ८३३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार १९६ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५२ हजार ८७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार ९२२ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार जनमत पार्टीले ३ लाख १ हजार ६२० मत, नेकपा (एकीकृत समाजवादी–एस) ले २ लाख ६५ हजार ५४७ मत प्राप्त गरेको छ । तीन प्रतिशतको थ्रेसहोल्ड पुग्ने नपुग्ने निश्चित नभएकोले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नेमा अझै सन्देह छ ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ३०५, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ३८ हजार ४०८, नेपाल मजदुर किसान पार्टीले ७३ हजार १६९, हाम्रो नेपाली पार्टीले ५३ हजार ३५२ , मंगोल नेसनल अर्गनाइजेसनले ४६ हजार ५०१ र राष्ट्रिय जनमोर्चाले ४५ हजार ३०५ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय