काठमाडौं– २८ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतका विभिन्न कार्यक्रम गरेका छन् ।

बैंकको थापाथली शाखाले काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल दृृष्टिविहीन कल्याण संघमा अध्ययनरत बालबालिकाको लागि ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको छ ।

दृष्टिविहीन भएकाहरुको संरक्षण गर्दै उनीहरुको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उक्त संस्थामा अध्ययनरत बालबालिकाको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको हो ।

त्यस्तै बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पञ्चमुखी गणेश मूर्ति स्थापनाको लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । धार्मिक एवं पर्यटकीय क्षेत्र विकासमा थप टेवा पुगोस् भनेर बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकको ठुटिपिपल शाखाले ओमसत्तिया गाँउपालिका वडा नं १, रुपन्देहीस्थित श्री गंगा विशुन आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाको लागि बाल उद्यानसम्बन्धी पिङ, ढिके पिङ लगायत सामग्री हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

मनोरञ्जनका गतिविधिले विद्यार्थीको सर्वांगीण विकासमा सहयोग पुर्याउने हुँदा बैंकले बाल उद्यानका लागि सामग्री हस्तान्तरण गरेको हो ।

बैंकको रुकुम शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लाई मिटिङ टेबुल निर्माण गरी हस्तान्तरण गरेको छ । प्रहरी कार्यालयको हाताभित्र सञ्चालनमा रहेको बैठक कक्षमा विभिन्न बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सहज होस् भनेर उक्त कक्षमा मिटिङ टेबुल निर्माण गरेर जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरेको हो ।

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय