काठमाडौं– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला ९९ हजार ३०० रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ४०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर १ हजार ३५० कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय