काठमाडौं– नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य एकै दिन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार बढाएर सुनको मूल्य तोकेको हो । मंगलबार भने सुनको भाउ अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ तोएिको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख र तेजाबी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढाएर प्रतितोला १४ सय रुपैयाँ कायम गरिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुन–चाँदीको मूल्य बढेकाले त्यसको असर नेपालमा पनि परेको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय