काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बुधबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसअनुसार कम्पनीले ४६ करोड ३३ लाख २० हजार रुपैयाँ लाभांश वितरण गर्नेछ ।

लाभांश लगायत अन्य प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय