काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंस्थित दुई संस्थासँग सम्झौता गरेको छ ।
सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंकका ग्राहकले टेस्ला डाइग्नोस्टिकमा अधिकतम १० प्रतिशत र दृष्टि आई केयरमा अधिकतम २०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । महालक्ष्मी विकास बैंक ख वर्गको २८ वर्ष पुरानो बैंक हो ।









