काठमाडौं– नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीका लाग वैदेशिक रोजगार आइपिओ खाता सुरु गरेको छ ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशन अनुसार प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्ने संस्थाले १० प्रतिशत शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्ट्याउनुपर्ने व्यवस्थाअनुसार त्यसलाई आवश्यक पर्ने सि–आस्बा सुविधा दिन बैंकले खाता सञ्चालनमा ल्याएको बताएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सजिलै उक्त बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन खाता खोल्न मिल्ने सुविधामार्फत उक्त खाता खोली डिम्याट, सिआस्बा र मेरो सेयरको सुविधा प्राप्त गर्न सकने बताइएको छ ।
उक्त बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाइएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
गरिमा बैंकले १२१ शाखा, ५१ एटिएममार्फत देशभर सेवा दिइरहेको छ । उसले डिजी बटुवा, डेबिट/क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ र अनलाइन खातामार्फत सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।









