काठमाडौं– कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैंकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त भएका छन् ।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले सुवेदीलाई उक्त जिम्मेवारी तोकेको हो । सुवेदीले प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेलका लागि निमित्तको जिम्मेवारी पाएका हुन् ।
बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो । उपाध्याय नेपाल बैंकर्स संघका अध्यक्ष पनि हुन् ।









