काठमाडौं– नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ छ ।
यसको मूल्य अघिल्लो दिन १ लाख ९०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।









