काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले एकजना बीमितको परिवारलाई २० लाख बिमा दाबी भुक्तानी गरेको छ । प्रभुमा उक्त रकम बराबरको जीवन बिमा गराएका गणेश विश्वकर्माको गत असोज २८ गते मृत्यु भएको थियो । उनले पहिलो प्रिमियमस्वरुप १ लाख ३६ हजार ६५४ रुपैयाँ बिमा शुल्क बुझाएको र दोस्रो किस्ता बिमा शुल्क बुझाउने समय अगावै मृत्यु भएको थियो ।

प्रभु लाइफले स्वर्गीय गणेश विश्वकर्माकी श्रीमती सन्तमाया मगर र सन्तमायाका बुबा धनबहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच २० लाखको चेक हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको थियो । प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बिमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको बताए । जीवन बिमाले बिमित परिवारलाई यस किसिमका अकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए ।

‘यसले बिमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास लिएका छौं,’ भट्टराईले भने । दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय