काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुस २३ गते काठमाडौंको आर्मी अफिसर्स क्लबमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको उक्त कार्यक्रममा देशभरबाट ८०० जनाभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रमको शुभारम्भ कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका थिए । उक्त कार्यक्रममा विशेष कारणबश देशबाहिर रहेका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअल सम्बोधनमार्फत अभिकर्तालाई स्वागत गर्दै उनीहरुको सिकाइमा थप टेवा पुग्ने बताए ।

यसले उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीप विकास गर्न सहज हुने उनको भनाइ थियो । कमपनीका नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिबारे प्रकाश पारेका थिए ।

कार्यक्रमका सहभागीलाई प्रशिक्षण दिन भारतको मुम्बईबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए । कार्यक्रममा उपस्थित अभिकर्तालाई धन्यबाद ज्ञापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताको सीप विकास तथा मनोबल अभिवृद्धि लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।

२०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ पुगेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता छन् । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो दाबी गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय