काठमाडौं– सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई सेवा प्रदायकहरुले हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० कटौती गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको हो ।

संघका अनुसार काठमाडौंदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि ७ हजार ५१० रुपैयाँ कायम भएको छ । काठमाडौंदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार १४० कायम भएको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा ६ सय ८५ भाडा घटेर अधिकतम १४ हजार २०५ कायम भएको छ ।

काठमाडौं–सिमरामा १८० भाडा घटेको छ । त्यस्तै काठमाडौं–भद्रपुरमा ६००, काठमाडौं–विराटनगरमा ४८५, काठमाडौं–जनकपुरमा २६०, काठमाडौं–भरतपुरमा २१५ र काठमाडौं–पोखरामा ३२० रुपैयाँले भाडा घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय