काठमाडौं– नेपाली बजारमा सुनको मूल्य झन्डै १२ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार अमेरिकी डलरभन्दा तल झरेपछि त्यसको प्रभावस्वरुप नेपाली बजारमा पनि उच्च दरले मूल्य घटेको हो ।

महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ तोकेको छ । यसअघि गत सोमबार २ लाख ९० हजार २०० रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबारयता आजै नयाँ मूल्य तय भएको हो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला २३० रुपैयाँ घटेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ९५५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय