काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत रुपमा चयन गरेको छ ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईका अनुसार संस्थाको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली, सहकोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ सर्वसममत भएका छन् ।

सदस्यहरुमा उपेन्द्र केशरी न्यौपाने, उपेन्द्र प्रसाद पौडेल, लिला प्रकाश सिटौला, मोतिलाल दुगड, राधेस पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाइमा पुर्याउँदै, मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित भई समग्र राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने अभिन्न सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु र सरोकारावाला संस्थासँग निरन्तर सहकार्य गर्दै तीव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय