काठमाडौं– एनएमबि बैंकको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ ।

बैंकको २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रहेको छ । बैंकले २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत देशभर बैंकिङ सेवा प्रदान गरिरहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय