हेटौंडा– वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गरेसँगै मन्त्रालय संख्या घटाउने निर्णय गरेका छन् । उनले आज प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।

मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको संख्या कटौती गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आम जनगुनासोलाई सम्बोधन गर्न प्रदेशमा मन्त्रालयको संख्या कटौती गर्ने निर्णय गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय