काठमाडौं– वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले माघ महिनाका लागि १.१३ प्रतिशत बिन्दुले ब्याजदर घटाउने निर्णय गरेको हो ।

हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ ९.१३ प्रतिशत ब्याज तोकेका छन् ।

रेमिट्यान्स मुद्दती खातामा १५.३३ प्रतिशतसम्म ब्याज रहेको छ । माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।

बैंकर्स संघको अध्यक्षमा केसी
बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चयन भएका छन् । बुधबार सम्पन्न विशेष साधारणसभाबाट एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मतरूपमा अध्यक्ष चुनिएका हुन् ।

यसअघि केसी संघको उपाध्यक्ष थिए । यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै संघको अध्यक्ष पद खाली भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि संघको अध्यक्ष पदसमेत स्वतः रिक्त हुने व्यवस्था रहेको छ । नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स संघको उपाध्यक्षमा माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चुनिएका छन्

यसैगरी संघको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने, एभरेस्ट बैंकको सुदेश खालिङ र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय