विराटनगर– पूर्वका व्यवसायीले पछिल्लो समय विद्युत् आपूर्ति अनियमित भई उद्योग व्यवसाय सञ्चालन कठिन भएको गुनासो गरेका छन् ।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उद्योग व्यवसाय क्षेत्रमा दैनिक १० देखि १५ पटकसम्म ट्रिपिङ हुने र ७ देखि ८ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध भइरहेको गुनासने गरेका छन् ।
परिसंघका अध्यक्ष भीम घिमिरे, संघका अध्यक्ष नविन रिजाल र संगठनका अध्यक्ष सुयश प्याकुरेलले हस्ताक्षर गरेको संयुक्त उद्योग व्यवसाय क्षेत्रमा विद्यमान अघोषित विद्युत् कटौती तथा ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ ।









