काठमाडौंं– नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत पाटनको आदेशअनुसार २० लाख रुपैयाँ धरौटी बुझाएपछि उनी शुक्रबार दिउँसो थुनामुक्त भएका हुन् ।
उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।
उच्च अदालतले बिहीबार लामिछानेलाई विभिन्न सर्त तोकेर २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।










